कस्तो छ आजको मौसम पूर्वानुमान ?

by समतल अनलाइन
54Shares

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको जानकारी दिएको छ ।

हाल गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको हिमाली भू-भागमा साधारणतया बादल लाग्नुका साथै पहाडी भू-भागमा आंशिक बादल लागेको छ । बाँकी हिमाली तथा पहाडी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ। साथै तराई भू-भागका थोरै स्थानहरूमा हुस्सु लागेको छ ।

आज दिउँसो र राति तराई भू-भागका केही स्थानहरूमा हुस्सु/कुहिरो रहनेछ। कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागमा आंशिक बादल लाग्ने तथा बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ ।

You may also like