गगन थापाको नेतृत्वमा काँग्रेसको चुनावी घोषणा पत्र समिति गठन

by समतल अनलाइन
83Shares

काठमाडौँ । नेपाली काँग्रेसले गगन थापाको नेतृत्वमा चुनावी घोषणा पत्र निर्माण समिति गठन गरेको छ ।

पार्टी प्रवक्ता देवराज चालिसेले आज बसेको बैठकले सभापति थापाको नेतृत्वमा घोषणा पत्र समिति गठन गर्ने निर्णय गरेको जानकारी दिए । बैठकले उपसभापति विश्वप्रकाश शर्माको नेतृत्वमा निर्वाचन परिचालन समिति पनि गठन गरेको छ ।

त्यस्तै बैठकले निर्वाचन आयोगमा विवरण अध्यावधिक गर्ने, समानुपातिक सूची सच्याउने तथा आयोगमा हस्ताक्षर गर्ने व्यक्तिको नाम परिवर्तन गर्ने निर्णय गरेको प्रवक्ता चालिसेले बताए ।
काँग्रेसको बैठक शुक्रबार पनि बस्ने उनले जानकारी दिए ।

You may also like