सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो

by समतल अनलाइन
62Shares

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मुल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार विहिबार छापावाल सुनको तोलाको १५ सयले घटेर तोलाको २ लाख ७६ हजार ५ सयमा कारोबार भइरहेको छ । यसअघि बुधबार सुन तोलाको २ लाख ७८ हजारमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको १७० रुपैयाँले घटेर तोलाको ५४८५ रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि बुधबार चाँदी तोलाको ५६५५ रुपैयाँमा कारोबार भएको थियो ।

You may also like