पश्चिमी वायूको आंशिक प्रभाव, पहाड–हिमालमा आंशिक बदली र तराईमा हुस्सु/कुहिरो

by समतल अनलाइन
54Shares

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले हाल देशभर पश्चिमी वायूको आंशिक प्रभाव रहेको जानकारी दिएको छ ।

हाल कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू‍-भागमा आंशिक बादल लागेको छ साथै बाँकी पहाडी तथा हिमाली भू-भागमा मौसम मुख्यतया सफा रहेको छ । तराई भू-भागका थोरै स्थानहरूमा हुस्सु लागेको छ ।
आज दिउँसो र राति तराई भू-भागका केही स्थानहरूमा हुस्सु/कुहिरो रहनेछ। कोशी प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागमा आंशिक बादल लाग्ने तथा बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ । 

You may also like