‘मंगलबार राति सहमति नजुटे निर्वाचनमार्फत नेतृत्व चयन’

by समतल अनलाइन
58Shares

काठमाडौँ । नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधरले सभापति शेरबहादुर देउवा नेतृत्व छोड्न तयार नभए निर्वाचनमार्फत नेतृत्व परिवर्तन गरिने स्पष्ट पारेका छन् ।

मंगलबार साँझ मिडिया सेन्टरमा पत्रकार सम्मेलन गर्दै पक्षधरले मंगलबार राति पनि सहमति नजुटे निर्वाचनमार्फत नेतृत्व चयन गरिने बताए।

विशेष महाधिवेशन प्रचारप्रसार समितिका संयोजक सुवास पोखरेलले पार्टीको संस्थापन पक्ष विशेष महाधिवेशनको अपनत्व लिन तयार भए पनि सभापति देउवा नेतृत्व छोड्न तयार नभएको उल्लेख गरे। उनले सभापति देउवाले पार्टी नेतृत्वसँगै सक्रिय राजनीतिबाट समेत बिदा लिनुपर्ने अडान राखेको बताए।

पोखरेलले भने, ‘अरु सबै विषयमा सहमति पुगेको भए पनि नेतृत्व परिवर्तनको विषयमा सहमति छैन। नेतृत्व परिवर्तन नभएसम्म हाम्रो लागि स्वीकार्य छैन। आज राति सहमति भयो भने सहमति हुन्छ, नभए निर्वाचनको प्रक्रिया अगाडि बढ्छ।’

उनले सभापति देउवाले पार्टी नेतृत्व छोडेर व्यक्तिगत लेखन र बाँकी जीवनमै व्याप्त हुनुपर्नेमा जोड दिए।

पार्टीको दोस्रो विशेष महाधिवेशनको बन्दसत्र मंगलबार सम्पन्न भएको छ। महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माको प्रतिवेदन पारित भएसँगै बन्दसत्र समापन गरिएको हो ।

You may also like