झापाका ५ वटै निर्वाचन क्षेत्रमा श्रम संस्कृति पार्टीको उम्मेदवार तय

by समतल अनलाइन
78Shares

काठमाडौँ । हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले झापाका पाँचवटै निर्वाचन क्षेत्रका लागि प्रत्यक्षतर्फका उम्मेदवार टुङ्गो लगाएको छ ।

पार्टीका अनुसार झापा क्षेत्र नम्बर १ बाट केबलराम राई र झापा क्षेत्र नम्बर २ बाट केशव भण्डारी उम्मेदवार बन्ने निर्णय भएको छ। उनीहरूलाई आगामी फागुन २१ का लागि उम्मेदवार बनाइने जनाइएको छ ।

यसैगरी झापा क्षेत्र नम्बर ३ बाट दीपक तिम्सिना, झापा ४ बाट अमृता राई र झापा ५ बाट शिभम सोरानी मगरलाई प्रत्यक्षतर्फको उम्मेदवार बनाउने निर्णय गरिएको छ। निर्णयपछि सबै उम्मेदवार आज पार्टी अध्यक्ष हर्क साम्पाङलाई भेट्न धरान पुगेका थिए ।

धरानका मेयरसमेत रहेका हर्क साम्पाङले निर्वाचन आयोगमा पार्टी दर्ता गराएपछि देशव्यापी चुनावी अभियान सुरु गरेका छन् । पार्टीका अनुसार उनका चुनावी सभामा सर्वसाधारणको उल्लेख्य सहभागिता देखिन थालेको छ ।

You may also like