64
काठमाडौं।नेपाली कांग्रेसको विशेष महाधिवेशनमा आज राति मतदान नहुने भएको छ । राजधानीको भृकुटीमण्डपमा जारी महाधिवेशनमा अहिले साढे ६ देखि साढे ७ बजेसम्म मनोनयन दर्ताको समय तोकिएको छ ।
त्यसपछि बल्ल नयाँ कार्यतालिका आउने केन्द्रीय निर्वाचन समितिका संयोजक वरिष्ठ अधिवक्ता सीताराम केसीले जानकारी दिएका छन् ।
उनका अनुसार आज राति मतदान हुने सम्भावना छैन । भोलि बिहानदेखि बल्ल मतदान शुरु हुनेगरी कार्यतालिका आउने अपेक्षा गरिएको छ ।



