कालिका मानवज्ञान माविमा नतिजा प्रकाशन संगै खाना महोत्सव

by समतल अनलाइन
20Shares

बुटवल। देशर्को सर्बोच्च सामुदायिक विद्यालय कालिका मानवज्ञान माविमा अर्धबार्षिक परीक्षाको नतिजा प्रकाशन संगै फुड फेस्टीभल आयोजना गरिएको छ । बुटवल उपमहानरपालिका वडा नम्बर १० कालिका नगरमा रहेको सेक्टर १ र सोही वडाको सेक्टर २ रामनगरमा नतिजा प्रकाशन संगै खाना महोत्सव आयोजना गरिएको हो ।

विद्यार्थीहरुले आफुले तयार गरेका मौलिक नेपाली खानाका परीकाहरुहरु पाकाएर अभिभावकहरुलाई खुवाएका थिए । विद्यालयमा आफ्ना सन्तानको नतिजा हेर्ने, सुन्न आएका अभिभावकहरुले आफ्नै सन्तानले पाकाएका खानाका परीकारको स्वाद लिन पाउँदा मख्ख देखिएका थिए । विद्यार्थीहरुले सेलरोटी, चुकौनी, सहित ललिपप, लगायतका विभिन्न परिकाहरु बनाएका थिए ।

विद्यालयमा कक्षा ११ र १२ को होटल म्यानेजमेन्टमा अध्ययनरत विद्यार्थीहरुले खानाका परीकार बनाउनको लागि सहजीकरण गरेका थिए भने कक्षा ६ र ७ का विद्यार्थीको खानाका परीकार बनाउनको लागि पूर्णरुपमा सहभागी रहेका कार्यक्रम संयोजक विद्यालयका शिक्षक ईबराज तिवारीले जानकारी दिए । विद्यालयका प्रधानाध्यापक दिनेश थापाका अनुसार विद्यार्थीहरुले सिकेको शैद्धान्तीक ज्ञान लाई व्यवहारिक रुपमा रुपान्तरण गर्नको लागि खाना महोत्व आयोजना गरिएको जानकारी दिए ।

You may also like