81
काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले देशभर पश्चिमी वायूको आंशिक प्रभाव रहेको जनाएको छ। हाल तराईका धेरै स्थानमा हुस्सु/कुहिरो लागेको छ भने पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली रहेको छ।

विभागका अनुसार तराई भू–भागमा हुस्सु तथा कुहिरोको प्रभावका कारण बिहानको समयमा दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा आंशिक असर पर्न सक्ने देखिएको छ।
आज दिउँसो र राति तराईका अधिकांश स्थानमा हुस्सु/कुहिरो रहने सम्भावना छ। यस्तै, कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने विभागले जनाएको छ।





