अर्घाखाँचीमा विद्यार्थी सवार जीप दुर्घटना हुँदा चालकको मृत्यु, १६ घाइते

by समतल अनलाइन
86Shares

बुटवल।अर्घाखाँची जिल्लाको भूमिकास्थान नगरपालिका–१० धनचौरमा विद्यार्थी सवार जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने १६ जना घाइते भएका छन्।

भूमिकास्थान नगरपालिका–१० धनचौरबाट नुवाकोटतर्फ जाँदै गरेको लु २ च ५१७९ नम्बरको जीप शुक्रबार भूमिकास्थान नगरपालिका–७ स्थित छिर्लिङ खोलानजिक दुर्घटनामा परेको हो। दुर्घटनाबारे नगरप्रमुख झबिलाल थापाले जानकारी दिएका छन्।

दुर्घटनामा जीप चालक रुद्रबहादुर बुढा मगर गम्भीर घाइते भएका थिए। उनको अर्घाखाँची अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरीले जनाएको छ। दुर्घटनामा घाइते भएका अन्य १६ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ।

जीपमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुन जाँदै गरेका विद्यार्थी सवार रहेका थिए। दुर्घटनापछि आजदेखि सुरु हुने भनिएको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको नगरप्रमुख थापाले बताएका छन्।

You may also like

This will close in 0 seconds