बुटवल । पछिल्लो केही दिनदेखि अत्यधिक चिसो र शीतलहर बढ्दै गएपछि बुटवल उपमहानगरपालिकाले नगरभित्रका सबै सामुदायिक तथा संस्थागत विद्यालय तीन दिनका लागि बन्द गर्ने निर्णय गरेको छ।
विद्यार्थीको स्वास्थ्यलाई मध्यनजर गर्दै उपमहानगरपालिकाले पुस ११, १२ र १३ गतेसम्म विद्यालय बन्द रहने जनाएको छ। उपमहानगरपालिकाका अनुसार अत्यधिक चिसोका कारण विद्यार्थीहरूमा स्वास्थ्य समस्या देखिन सक्ने भएकाले सावधानीस्वरूप विद्यालय बन्द गर्ने निर्णय गरिएको हो।
बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयद्वारा जारी सूचनामा वार्षिक विदाबाट कट्टी हुने गरी विद्यालय बन्द गर्न अनुरोध गरिएको छ। नगरपालिकाले सबै विद्यालयलाई उक्त निर्णय कार्यान्वयन गर्न निर्देशन दिएको छ।
चिसोको असर अझै केही दिन रहने मौसम पूर्वानुमान रहेकाले अभिभावकलाई पनि बालबालिकाको स्वास्थ्यमा विशेष ध्यान दिन उपमहानगरपालिकाले आग्रह गरेको छ।
चिसो बढेपछि बुटवलका विद्यालय तीन दिन बन्द
102
previous post



