कपिलवस्तुमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्युु

by समतल अनलाइन
72Shares

कपिलवस्तु । तौलिहवा–भैरहवा सडक खण्ड अन्तर्गत कपिलवस्तुको मायादेवी गाउँपालिका– १ बरोहियामा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ।

कपिलवस्तुको तौलिहवाबाट गएराति भैरहवातर्फ जाँदै गरेको लु १८ प ८७६९ नम्बरको मोटरसाइकललाई विपरीत दिशातर्फ आइरहेको लु.प्र. ०१००१ ख ०६८३ नम्बरको ट्रकले टक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको हो

उक्त घटनामा कपिलवस्तु जिल्ला मायादेवी गाउँपालिका–६ डुम्राका २५ वर्षीय ओसामा मोहम्मद मुसलमानको मृत्यु भएको जिल्ला ट्राफिक कार्यालय कपिलवस्तुले जनाएको छ।

ओसामालाई कपिलवस्तु अस्पतालमा उपचारको क्रममा चिकित्सकले मृत घोषणा गरेका थिए । ट्रक र चालक प्रहरी नियन्त्रणमा रहेका छन् ।

You may also like