बुटवल । नेपाल अर्बुद राेग निवारण संस्था रुपन्देहीमा पदाधिकारी तथा सल्लाहकार चयन गरिएकाे छ । संस्थाकाे मंगलबार बुटवलमा बसेकाे कार्यसमिति बैठकले कार्यमिति सदस्यहरुबाट पदाधिकारी चयन गरिएकाे हाे । त्यसैगरी आजिवन सदस्यबाट सल्लाहकार मनाेनयन गरिएकाे हाे ।
संस्थाकाे वैधानिक व्यवस्था अनुसार खुल्ला उपाध्यक्षमा बाबुराम विश्वकर्मा र महिला उपाध्यक्षमा विना न्याैपानेलाई चयन गरिएकाे छ । त्यस्तै सचिव प्रजापाल गिरी, काेषाध्यक्षमा गुणनिधी खनाल, सहसचिवमा तेजनारायण अर्याल र सहकाेषाध्यक्ष पदमा पुनम पाैडेललाई चयन गरिएकाे संस्थाका अध्यक्ष खिमबहादुर हमालले जानकारी गराउनु भयाे ।
त्यसैगरी संस्थाका केन्द्रीय सदस्य मधुसुदन गैरे, निवर्तमान अध्यक्ष निर्मलप्रसाद लाकाैल, सुरेन्द्रप्रसाद श्रेष्ठ, डा. राेहितराज क्षेत्री, हरिप्रसाद अर्याल, चिरञ्जीवी जाेशी, भिम तुलाचन र पुरुषाेत्तमभक्त प्रधानाङ्गलाई सल्लाहकारमा मनाेनयन गरिएकाे छ ।
नेपाल अर्बुद राेग निवारण संस्था रुपन्देहीकाे हालै सम्पन्न छैठाैं जिल्ला अधिवेशनले खिमबहादुर हमालकाे नेतृत्वमा नयाँ कार्यसमिति चयन गरिएकाे थियाे । नवनिर्वाचित कार्यसमिति सदस्यहरुबाट पदाधिकारी चयन गरिएकाे हाे ।




