नेपाल जेसिजको उत्कृष्ट युवा पुरस्कार पत्रकार सुरेश परियारलाई

by समतल अनलाइन
62Shares

बुटवल।रुपन्देही क्षेत्रमा पत्रकारितामा सक्रिय पत्रकार सुरेश परियार सम्मानित भएका छन्। नेपाल जेसिजको ५२औँ महाधिवेशनको अवसरमा उनलाई ‘उत्कृष्ट युवा पुरस्कार–२०२५’ प्रदान गरिएको हो। परियारलाई नगद पुरस्कार, स्वर्ण पदक तथा सम्मानपत्रसहित सम्मान गरिएको हो।

नेपाल जेसिजले विगतदेखि नै विभिन्न विधामा उत्कृष्ट योगदान दिने व्यक्तिहरूलाई सम्मान गर्दै आएको छ। यसैक्रममा प्रशासन तथा प्रचार–प्रसार क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याएको भन्दै परियारलाई नेपालभरबाट छनोट गरी महाधिवेशनको उद्घाटन सत्रमा एकल रूपमा सम्मान गरिएको हो।

पत्रकार परियार पछिल्लो एक दशकभन्दा बढी समयदेखि निरन्तर पत्रकारितामा सक्रिय रहँदै आएका छन्।

You may also like