१५ दिनमा चामलको भाउ घट्यो, स्टिम जिरा र बासमती सस्तो

by समतल अनलाइन
40Shares

काठमाडौं ।स्थानीय बजारमा पछिल्लो १५ दिनको अवधिमा स्टिम जिरा मसिनो र लङ्ग्रेन बासमती चामलको मूल्य घटेको छ ।

नेपाल खुद्रा व्यापार संघको तथ्यांकअनुसार १५ मंसिरदेखि १ पुससम्म स्टिम जिरा मसिनो २ नम्बर र लङ्ग्रेन बासमती २ नम्बर चामलको मूल्य प्रति किलो १० देखि २० रुपैयाँसम्म घटेको हो ।

१५ मंसिरमा स्टिम जिरा मसिनो २ नम्बर चामलको मूल्य प्रतिकिलो ८५ रुपैयाँ रहेकोमा १ पुसमा घटेर ७५ रुपैयाँ कायम भएको छ ।

त्यसैगरी लङ्ग्रेन बासमती २ नम्बर चामलको मूल्य पनि १५ दिनमै प्रति किलो २० रुपैयाँले घटेको छ । यसअघि प्रतिकिलो १६० रुपैयाँमा कारोबार हुँदै आएको उक्त चामल हाल १४० रुपैयाँमा किनबेच भइरहेको संघले जनाएको छ ।

नेपाल खुद्रा व्यापार संघले प्रत्येक महिना दुई पटक खाद्यान्नको मूल्य सूची सार्वजनिक गर्दै आएको छ । यद्यपि खुद्रा बजारमा भने संघले तोकेको मूल्यभन्दा फरक दरमा पनि खाद्यान्नको कारोबार हुँदै आएको देखिन्छ ।

You may also like