बुटवलमा टीभीएस स्मार्ट साटासाट मेला, पुरानो बाइक साटेर नयाँ सवारी लिने अवसर

by समतल अनलाइन
69Shares

बुटवल । दुईपाङ्ग्रे सवारी साधन प्रयोगकर्तालाई लक्षित गर्दै बुटवलमा टीभीएस स्मार्ट साटासाट मेला सुरु गरिएको छ। इत्ताभट्टी लाइनस्थित एसियन पार्टी प्लेसको अगाडि सञ्चालन भइरहेको यो मेला पुष २ गतेदेखि पुष ९ गतेसम्म चल्ने आयोजकले जनाएको छ।

यस मेलामार्फत ग्राहकहरूले आफ्नो पुरानो मोटरसाइकल वा स्कुटर साटेर टीभीएस कम्पनीका अत्याधुनिक तथा प्रविधिमैत्री नयाँ मोडेलका सवारी साधन आकर्षक सुविधासहित खरिद गर्न सक्नेछन्। मेलामा अपाचे, राइडर, रोनीन, एनटर्क लगायत लोकप्रिय मोडेलका सवारी साधनहरू उपलब्ध छन्।

कार्यक्रमअन्तर्गत पुरानो सवारी साधनको न्यूनतम मूल्याङ्कन ३० हजार रुपैयाँसम्म गरिने व्यवस्था गरिएको छ। साथै, नयाँ सवारी खरिद गर्दा ग्राहकलाई १० हजार रुपैयाँसम्म अतिरिक्त मूल्य सुविधा र ८ हजार रुपैयाँसम्म नगद छुट प्रदान गरिनेछ। यसले कम बजेटमै नयाँ सवारी चढ्ने अवसर दिएको आयोजकको भनाइ छ।

ग्राहकको सुविधा र सहजतालाई ध्यानमा राख्दै मेलामा छिटो कर्जा सुविधा पनि उपलब्ध गराइएको छ। नागरिकता र सवारी चालक अनुमतिपत्र भएमा कर्जा तुरुन्तै स्वीकृत हुने व्यवस्था गरिएको छ। यसले गर्दा ग्राहकले कुनै झन्झटबिनै सिधै बुकिङ गरेर नयाँ सवारी घर लैजान सक्नेछन्।

मेलामा सहभागी भई टीभीएसका सवारी साधन खरिद गर्ने ग्राहकलाई हेल्मेट, ज्याकेट तथा बाइक कभर जस्ता निःशुल्क सामग्रीसमेत प्रदान गरिनेछ। साथै, टीभीएस सवारी साधनमा उपलब्ध आजीवन वारेन्टी (आजीवन सुनिश्चितता – सुनिश्चित मुस्कान) ले दीर्घकालीन भरोसा र सुरक्षित अनुभूति दिने टीभीएस कम्पनीका प्रतिनिधिहरूले बताएका छन्।

उक्त टीभीएस स्मार्ट साटासाट मेला जगदम्बा मोटर्सअन्तर्गत बालाजी अटोमोबाइल्स, बुटवलद्वारा आयोजना गरिएको हो। मेलास्थलमै टीभीएसका नयाँ मोडेलहरूको अवलोकन, परीक्षण यात्रा (टेस्ट राइड) तथा तत्काल बुकिङको सुविधा पनि उपलब्ध छ।

कार्यक्रमसम्बन्धी थप जानकारीका लागि
📞 ९८०२६९९७६२ वा ९८०२६९९७७० मा सम्पर्क गर्न सकिनेछ।

बुटवल तथा आसपासका सवारीप्रेमीहरूका लागि यो मेला पुरानो सवारी साटेर नयाँ, आधुनिक र भरपर्दो टीभीएस सवारी चढ्ने सुनौलो अवसर बनेको छ।

You may also like