पाँच महिनामा ४ खर्ब ९ अर्ब ७८ करोड राजश्व संकलन

by समतल अनलाइन
62Shares

काठमाडौं । आर्थिक बर्ष २०८२-८३ को मङ्सिरसम्म महिनामा ४ खर्ब ९ अर्ब ७८ करोड राजश्व संकलन भएको छ ।

मङ्सिर मसान्तसम्म पाँच महिनामा ५ खर्ब २० अर्ब ४४ करोडको लक्ष्य रहेकोमा ७८.७४ प्रतिशत संकलन भएको अर्थ मन्त्रालयले जानकारी दिएको छ ।

त्यस्तै मङ्सिर महिनाको लक्ष्य ९५ अर्ब २० करोड रहेकोमा ८० अर्ब २७ करोड राजश्व संकलन भएको छ, जुन ८४.३१ प्रतिशत हो । अघिल्लो आर्थिक बर्षमा मङ्सिर महिनामा ७६ अर्ब ७६ करोड राजश्व संकलन भएको थियो । आर्थिक बर्ष २०८२-८३ को कुल राजश्व संकलन लक्ष्य भने १४ खर्ब ८० अर्ब रहेको छ भने पाँच महिनामा ४ खर्ब ९ अर्ब ७८ करोड संकलन भएको छ ।

यस अघि २०८१-८२ आर्थिक बर्षको पाँच महिनामा ४ खर्ब ५ अर्ब ७७ करोड राजश्व संकलन भएको थियो ।

You may also like