कर्ण थापाको चेतावनी : उद्दण्डहरूको घैँटो फुट्न सक्छ

by समतल अनलाइन
62Shares

काठमाडौँ । नेकपा एमालेका नेता कर्णबहादुर थापाले पार्टीमा संयम्‍ता र शान्ति भङ्ग गर्ने प्रयास भए उद्दण्डहरूको घैँटो फुट्न सक्ने चेतावनी दिएका छन्।

शुक्रबार काठमाडौँमा आयोजित कार्यक्रममा बोल्दै थापाले भने, ‘यदि हाम्रो संयतता र शान्तिको लोटा फुटाउने कोसिस भए उद्दण्डहरूको घैँटो फुट्न सक्छ । यो कुरा हेक्का राख्न जरुरी छ । हामी पार्टीमा परिवर्तन गर्न र जबजको मर्मअनुसार चलोस् भन्ने चाहिरहेका छौँ।’

थापाले महाधिवेशनमा स्वस्थ प्रतिस्पर्धा हुनुपर्ने भन्दै अध्यक्ष केपी शर्मा ओलीले लिस्ट पढेर केन्द्रीय कमिटीको गठन गर्न लागेकोप्रति आपत्ति पनि जनाए।

आगामी एमाले महाधिवेशनमा ओली र ईश्वर पोखरेल समूहबीच प्रतिस्पर्धा हुने अनुमान गरिएको छ।

You may also like

This will close in 0 seconds