पोखराको सान्त्वना जित, चितवन ८ विकेटले पराजित

by समतल अनलाइन
56Shares

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत पोखरा एभेन्जर्सले चितवन राइनोजलाइ पराजित गरेको छ ।

शनिबार सम्पन्न दोस्रो खेलमा पोखराले चितवन राइनोजलाई ८ विकेटले पराजित गरेको हो । चितवनले दिएको १२१ रनको लक्ष्य पछाएको पोखराले १९.४ ओभरमा २ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो ।

पोखराको जितमा एडम रोसिंगटनले सर्बाधिक ६५ रन बनाए भने अर्जुन कुमालले अविजित ४३ रन बनाएका थिए ।

यस अघि टस जितेर पहिला ब्याटिंग गरेको चितवनले २० ओभरमा ६ विकेट गुमाउदै १२० रन बनाएको थियो । चितवनका लागि देव खनालले सर्बाधिक ३५ रन बनाए भने अल्पेस रायमाझीले ३३, कप्तान कुशल मल्लले २३ र सैफ जैबले १७ रन बनाएका छन् ।

त्यस्तै पोखराका बलर धनन्जय लक्शामले ३ विकेट लिएका थिए ।

यो जितपछि पोखराले यस सिजनमा ७ खेलमा ३ जित र ३ हारसँगै पाँचौं स्थानमा रहेको यस सिजनको अन्त्य गरेको छ । त्यस्तै चितवनले ७ खेलमा २ जित हासिल गरेको छ भने ५ खेलमा हार बेहोरेको छ । दुवै टिम प्लेअफमा पुग्न असफल भएकाले दुवैको यस सिजनको एनपीएलको यात्रा समाप्त भएको छ ।

You may also like

This will close in 0 seconds