267
काठमाडौं । नेपाली युवालाई रोजगारीको अवसर दिन जापान फाउन्डेसनले लिएको भाषा परीक्षामा नेपालको नतिजा सहभागी पाँच राष्ट्रमध्ये सबैभन्दा कमजोर नेपाल देखिएको छ ।
कारोबारका अनुसार गत कात्तिकमा लिइएको आधारभूत जापानी भाषा परीक्षामा एकै समूहमा परीक्षा दिएका मंगोलियो, इन्डोनेसिया, कम्बोडिया र फिलिपिन्सपछि सबैभन्दा कमजोर नतिजा नेपालको छ ।
जापान फाउन्डेसनले प्रकाशित गरेको नतिजा तालिकामा नेपालबाट ४९७ ले परीक्षाका दिएकोमा ५६ जना मात्र उत्तीर्ण भएका छन् । सो नतिजाअनुसार सबैभन्दा बढी मंगोलियाबाट ६१ र नेपालबाट ११ प्रतिशत उत्तीर्ण भएका छन् ।