यस्तो छ आजको मौसम पूर्वानुमान

by समतल अनलाइन
53Shares

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले हाल नेपालमा दक्षिण-पश्चिम बंगालको खाडीमा बिकसित चक्रवात ‘दित्वा’ को आंशिक प्रभाव रहेको जानकारी दिदै हाल देशभर आंशिक बदली रहेको जनाएको छ ।

आज दिउँसो कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने विभागले जानकारी दिएको छ ।

त्यस्तै आज राती कोशी प्रदेश र मधेश प्रदेशमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने विभागले जनाएको छ ।

You may also like