महिला सांसद भन्छन्, ‘पुरुष सांसदले हग गर्दा पनि फिलिङ्स आउने गरी गर्नुपर्छ ?’

by समतल अनलाइन
Shares

काठमाडौं । आम महिला मात्र होइन महिला सांसदहरुले आफूहरु समेत यौन हिंसामा पर्ने गरेको गुनासो गरेका छन् ।

गण्डकी प्रदेशसभा सदस्य पुष्पाकेसी भण्डारीले संसद्भित्रै आफूहरुमाथि यौन हिंसा भएको बताइन् । भनिन्, ‘पुरुष सांसदबाट संसद्भित्रै हामीमाथि यौनहिंसा भएको छ । तर, इज्जतको डरले सहन बाध्य छौँ ।’

पुरुष सांसदहरुले जिस्किने र मात्तिने नियतले फिलिङ्स दिने गरी हात मिलाउने र टाँसिएर ‘हग’ गर्ने गरेको उनले दाबी गरिन् । ‘के हग गर्दा पनि फिलिङ्स आउने गरी गर्नुपर्छ ? टाँसिइरहनु पर्छ ?,’ उनले भनिन् ।

पढेलेका, बुझ्ने र शिक्षित व्यक्ति पुग्ने संसद भवनभित्रै भइरहेका यस्ता गतिविधिप्रति कसैको ध्यान नपुगेको उनले गुनासो गरिन् । अर्की सांसद भन्छिन्, ‘हिंड्दा ठोक्किँदै हिंड्छन्, गफ गरेर बसेका छौं भने जिस्किँदै रफ शब्द बोल्छन्, उनीहरुले प्रयोग गरेका शब्दले हामीलाई अड लाग्छ ।’ कान्तिपुर दैनिकबाट

 

You may also like

This will close in 0 seconds