478
धादिङ साउन २४ । त्रिशुलीमा बस खस्दा भएको दुर्घटनामा ज्यान गुमाउनेको संख्या ४ पुगेको छ । दुर्घटनामा १४ जना घाइते भएका छन् । झण्डै ४० जना सवार बस त्रिशुलीमा खस्दा २० जनाभन्दा बढि हराइरहेको प्रहरीको अनुमान छ ।
सर्लाहीको मलंगवाबाट काठमाडौं आउँदै गरेको ना ६ ख ७४६९ नम्बरको बस धादिङको बेनिघाट रोराङ गाउँपालिका वडा नम्बर ३ सलाङघाटबाट त्रिशूली नदीमा खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक राजकुमार बैदवारले जानकारी दिए ।