47
काठमाडौं। नेपाली बजारमा आज सुनको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला २२ सयले बढेर तोलाको २ लाख ५० हजार ६ सय रूपैयाँमा कारोबार भइरहेको छ।
यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ। महासङ्घका अनुसार आज चाँदी तोलाको ६५ रुपैयाँले बढेर ३ हजार ३ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ। यसअघि विहिबार चाँदी तोलाको ३२८० मा कारोबार भएको थियो ।

