सुरक्षा कारणले रोकिएको यूएई भिसा खुल्यो, नयाँ प्रावधानसहित प्रक्रिया अघि बढ्यो

by समतल अनलाइन
53Shares

काठमाडौं।केही समययता नेपालीका लागि प्रभावित बनेको संयुक्त अरब इमिरेट्स (यूएई) को भिसा फेरि सहज हुँदै गएको छ । भदौ २३ र २४ को जेनजी आन्दोलनपछि सुरक्षा कारण देखाउँदै भिसा जारी प्रक्रिया रोकेको यूएईले पुन: भिसा जारी गर्न थालेको हो । 

काठमाडौंस्थित यूएई दूतावासका अनुसार अब सम्पूर्ण प्रकारका भिसा आवेदन दिन नेपाली नागरिकले नेपाल प्रहरीले जारी गरेको रिपोर्ट संलग्न गरेर दिन सक्नेछन् ।  यही नयाँ प्रावधानसहित भिसा प्रक्रिया पुनः सञ्चालनमा आएको दूतावासले जनाएको छ।

भिसा रोकिँदा यूएई सरकारले वर्क परमिट जारी गरिसकेका झन्डै ५ हजार नेपाली श्रमिक रोकिएका थिए। 

यूएई नेपाली श्रमिकका लागि प्रमुख रोजगारी गन्तव्यमध्ये एक हो।

You may also like