32
काठमाडौँ । निर्वाचन आयोगले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि दल दर्ताको समयावधि चार दिन थप गरेको छ ।
आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार दल दर्ताको म्याद मंसिर १४ गतेसम्म बढाइएको हो। प्रतिनिधिसभा सदस्य निर्वाचन प्रयोजनका लागि हालसम्म ६४ दल दर्ता भइसकेका छन्।
यससँगै निर्वाचन आयोगमा दर्ता दलको कुल संख्या १३५ पुगेको छ। यिनैमध्ये निर्वाचन प्रयोजनका लागि विशेष रूपमा दर्ता गराएका दलले मात्र मतपत्रमा स्थान पाउनेछन् ।
यसअघि निर्वाचन प्रयोजनका लागि दल दर्ताको अन्तिम म्याद बुधबार सम्म तोकिएको थियो ।

