राप्रपा बुटवल उपमहानगरको नगर अध्यक्षमा लक्ष्मण श्रेष्ठ “लक्की” सर्वसम्मत रूपमा निर्वाचित

by समतल अनलाइन
98Shares

बुटवल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बुटवल उपमहानगरपालिकाको आज सम्पन्न नगर अधिवेशनबाट लक्ष्मण श्रेष्ठ “लक्की” सर्वसम्मत रूपमा नगर अध्यक्ष पदमा निर्वाचित हुनुभएको छ। एकता र सहकार्यलाई आधार मानेर अघि बढेको अधिवेशनले श्रेष्ठलाई नेतृत्वका लागि सर्वसम्मत समर्थन जनायो।

बुधवार भएको कार्यक्रम प्रमुख अतिथि लुम्बिनी प्रदेश अध्यक्ष प्रदीपकुमार उदयको प्रमुख आतिथ्यतामा सम्पन्न भयो। कार्यक्रमको अध्यक्षता राप्रपा बुटवल उपमहानगर अध्यक्ष निरज प्रताप खाणले गर्नुभएको थियो।

अधिवेशनमा पार्टीको संगठन सुदृढीकरण, जनतामुखी कार्यक्रम, वैकल्पिक राजनीति सुदृढ बनाउने रणनीति तथा आगामी निर्वाचनका तयारीसहितका विषयमा विस्तृत छलफल गरिएको थियो।

नवनिर्वाचित अध्यक्ष लक्ष्मण श्रेष्ठ “लक्की”ले विश्वास र समर्थनका लागि सबै तहका कार्यकर्ताहरूलाई धन्यवाद व्यक्त गर्दै जनताका मुद्दा, पारदर्शी राजनीतिक व्यवहार र संगठन विस्तारलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

You may also like