सिमरा वार्ता : प्रशासन र जेनजीबीच सुरक्षा र छानबिनबारे सहमति

by समतल अनलाइन
36Shares

काठमाडौँ।बाराको सिमरा घटना समाधानका लागि भएको प्रशासन र जेनजीबीचको वार्ता शुक्रबार पथलैयामा सम्पन्न भएको छ। सशस्त्र प्रहरी बल नेपाल प्राविधिक तालिम शिक्षालयमा बसेको छलफल सकिएको हो।

वार्तापछि प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले जेनजी समूहका आन्दोलनकारीहरूको सुरक्षा सुनिश्चित गर्न, घाइतेहरूको उपचारमा समन्वय गर्न तथा घटनाको निष्पक्ष छानबिन र कारबाही प्रक्रियालाई अघि बढाउने विषय समेटेर सहमति भएको जानकारी दिए ।

छलफलमा सहभागी जेनजीका अगुवाहरूले आफूहरूमाथि धम्की आइरहेको भन्दै सुरक्षाको ग्यारेन्टी मागेका थिए । साथै, घटनामा संलग्न सबैलाई तत्काल पक्राउ गरी कानुनी कारबाही अघि बढाउनुपर्ने उनीहरूको जोड थियो ।

उनीहरूले पक्राउ पर्न बाँकी रहेका आरोपितलाई पक्राउ गर्ने मिति तोकिदिन आग्रह गरे पनि प्रजिअ मिश्रले सार्वजनिक रूपमा हिँडिरहेका व्यक्तिहरूलाई पक्राउ गर्न निर्देशन भइसकेको बताउँदै लुकेर बसेकालाई पक्राउ गर्न मिति तोक्नु उपयुक्त नहुने प्रतिक्रिया दिएका छन् ।

You may also like