प्रतिनिधिसभा निर्वाचनका लागि ३८ दल दर्ता

by समतल अनलाइन
23Shares

काठमाडौँ।निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचन प्रयोजनका लागि हालसम्म ३८ दल दर्ता भएको जनाएको छ ।

आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिँदै भने, ‘प्रतिनिधिसभा निर्वाचनका लागि ३८ दल दर्ता भइसकेका छन् भने राष्ट्रियसभा निर्वाचन प्रयोजनका लागि ८ दल दर्ता भइसकेको छ । यसैगरी २८ दल दर्ता प्रक्रियामा रहेका छन् ।’

उनका अनुसार आयोग निर्वाचनको सुरक्षा, व्यवस्थापन र अन्य तयारीहरू कार्ययोजना अनुसार अगाडि बढाइरहेको छ । प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आगामी फागुन २० गतेसम्म १८ वर्ष उमेर पूरा हुने मतदातालाई निर्दिष्ट समय कायम गरिएको प्रवक्ता भट्टराईले जानकारी दिए ।

मतदाता विवरण यही मङ्सिर २० गते आयोगको वेबसाइटमा प्रकाशित गरिनेछ । विवरणमा कुनै त्रुटि वा उजुरी भएमा मङ्सिर २१ देखि २७ गतेसम्म सच्याउन सकिने आयोगले जनाएको छ ।

भट्टराईका अनुसार विवरण सच्याउने प्रक्रिया सकिएपछि आगामी पुस १५ गते मतदाताको अन्तिम नामावली सार्वजनिक गरिनेछ।

You may also like