37
काठमाडौं।आज पनि देशभरको मौसम सफा रहने अनुमान जल तथा मौसम पूर्वानुमान महाशाखाले गरेको छ।
महाशाखाका हनसार हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन।
आज दिउँसो कोसी, वाग्मती र गण्डकी प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मुख्यतया मौसम सफा रहनेछ।
कोसी प्रदेशका हिमाली भागका एकदुई स्थानमा आज हल्का वर्षा र हिमपातको सम्भावना छ।
त्यसैगरी, आज राति कोसी र गण्डकी प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मुख्यतया मौसम सफा रहने अनुमान महाशाखाले गरेको छ।

