261
काठमाडौं । जापानले बनाई दिएको सय वेडको भवनका लागि १५ करोडका उपकरण किन्न वीर अस्पताललाई सरकारले अनुमति दिएको छ ।
बजेटमै निकास भएको १५ करोड रुपैंयाँ नयाँ भवनमा खर्च गर्न र मिर्गौला तथा ग्यास्ट्रो सेवा तत्काल शुरु गर्न निर्देशन दिंदै मन्त्रालयले थप रकम निकासा दिने आश्वासन पनि दिएको छ ।
जापानी सहयोग नियोग (जाइका) ले बनाई दिएको भवन अलपत्र परेपछि मन्त्रालयले पहलकदमी लिएको हो ।
मन्त्रालयका नीति योजना तथा अनुगमन महाशाखा प्रमुख डा. विकास देवकोटाले अत्याधुनिक नयाँ भवनमा गुणस्तरीय सेवा सञ्चालन गर्न १५ कारोड रुपैंयाँ खर्च गर्न अनुमति दिएको बताए । नयाँ पत्रिका दैनिकबाट