शुद्धोदन। रुपन्देहीको शुद्धोदन गाउँपालिकामा रहेका समुदायिक कुकुर बन्ध्याकरण शिविर सुरुवात भएको छ । शुद्धोदन गाउँपालिका पशु सेवा शाखा मानपकडीको आयोजनामा शिविर बुधबारदेखि सुरु गरिएको छ।
मानपकडीमा आयोजना गरिएको शिविर शुभारम्भ कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति रुपन्देहीका प्रमुख उमाकान्त चपाईंले पशु स्वाथ्य अधिकार ऐन बमोजिम समाजमा रहेका छाडा कुकुर व्यवस्थापनको लागि पालिकाले गरेको कामको सबैले साथ र सहयोग गर्नुपर्ने बताउनु भयो।
उहाँले विभिन्न पालिकाहरुले यो अभियान अन्तर्गत कुकुर बन्ध्याकरण शिविर आयोजना गरिसकीएको भन्दै यसलाई बाँकी रहेका अन्य पालिकाहरुले पनि अबिलम्ब सुरुवात गर्नुपर्ने बताउनु भयो।कार्यक्रममा बोल्दै संमन्वय प्रमुख चपाईंले छाडा छाडीएका कुकुरको कारण मानिस तथा अन्य पशुमा प्रणघातक रोगको रुपमा रेबीज लगायतका रोग लाग्ने भन्दै यसको निराकरणको लागि भुस्या कुकुरको संख्या घटाउनुमा जोड दिनुपर्ने बताउनु भयो।
कार्यक्रममा बोल्दै शुद्धोदन गाउँपालिका उपाध्यक्ष शान्तीदेवी ज्ञवालीले भुस्या कुकुरले टोकेको कारण कयौ मानिसहरुले खोप लगाउन स्वाथ्य संस्थामा जानेगरेको बताउँदै रेबीजको उच्च जोखिम भएको कारणले शिविर आयोजना गरिएको बताउनु भयो । उहाँले पालिकाले तिन वर्ष देखि निरन्तर बजेट विनियोजन गरेर कार्यक्रम गरेको जानकारी दिदै आगामी दिनमा पनि यो कुकुर बन्ध्याकरण शिविर लाई निरन्तरता दिदैँ जानुपर्ने बताउनु भयो ।

हिमालयन एनिमल रेस्क्यु ट्रष्ट(हार्ट) नेपाल पोखराको प्राविधिक सहयोगमा सुरुवात भएको यो शिविर मंसिर ९ गते सम्म सञ्चालन हुनेछ । हार्ट नेपालका चन्द्र राईले नेपालमा जुनोटिक रोग निदानको साथै रेबीज उन्मुलनको लागि छाडा छाडीएका चौपाय नियन्त्रण गर्नुपर्ने बताउनु भयो । उहाँले शुद्धोदन गाउँपालिकामा विगत ३ वर्ष देखि निरन्तर शिविर सञ्चालन हुँदै आएको बताउँदै अबको तिन/चार वर्षमा सम्म निरन्तर सञ्चालन गर्न सके सामुदायिक कुकुरको संख्या नियन्त्रणमा आउने बताउनु भयो ।
कार्यक्रममा शुद्धोदन गाउँपालिकाका वडा अध्यक्षहरु कमल खड्का, चन्द्रभान चौधरी, भिम नारायण चौधरी, स्वास्थ्य शाखा प्रमुख समिर भण्डारी लगाएतले आ आफ्नो भनाई राख्नु भएको थियो।
शुद्धोदन गाउँपालिकामा एक साता सम्म चल्ने शिविरमा २ सय ७० बढी सामुदायिक कुकुरको बन्ध्याकरण गर्ने लक्ष्य रहेको पशु शाखा प्रमुख भुमिश्वर खनालले जानकारी दिनु भयो । उहाँका अनुसार शुद्धोदन गाउँपालिकामा झण्डै २४ सय ३१ वटा सामुदायिक कुकुरहरु रहेका छन् ।
गाउँपालिका भित्रका पाल्तु कुकुरहरुलाई बार्षिक रुपमा रेविज विरुद्धको खोप लागाउने गरेको छ । बार्षिक रुपमा गाउँपालिकाकाले आठ सय देखी नौँ सय कुकुरहरुलाई (एआरभि)एन्टि र्याबिज भ्याक्सीन खोप कार्य गर्दै आएको पशु शाखा प्रमुख खनालले जानकारी दिनुभयो । गाउँपालिकाकाले २०८०/८१मा १सय ६० वटा , २०८१/८२मा २ सय गरिएको र यस वर्ष २सय ७० वटा कुकुरको बन्ध्याकरण गर्न लागेको जनाएको छ ।

