एनपिएलमा ‘म्याच फिक्सिङ’को प्रयास गर्ने दुई जना पक्राउ

by समतल अनलाइन
30Shares

काठमाडौँ । काठमाडौँमा जारी नेपाल प्रिमियर लिग(एनपिएल)मा ‘म्याच फिक्सिङ’को प्रयास गर्ने एक भारतीयसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

एनपिएलमा सट्टेबाजी र ‘म्याच फिक्सिङ’को प्रयास गरेको आरोपमा भारतको हरियाणा, पानीपत घर भएका २८ वर्षीय दिलप्रित सिंह र नेपालको बर्दिया घर भई हाल भारतको चण्डीगढ बस्ने २४ बर्सिया रेविका सिंह ठकुरीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीको विशेष टोलीले उनीहरूलाई मंगलबार काठमाडौँको लाजिम्पाटबाट पक्राउ गरेको हो ।

प्रहरीका अनुसार, उनीहरूले सामाजिक सञ्जाल ह्वाट्सएप र इन्स्टाग्रामको प्रयोग गरी एनपिएलमा सहभागी खेलाडीहरूसँग सम्पर्क गर्थे । खेलाडीहरूलाई प्रायोजन गर्ने बहानामा नजिकिने र खेलको हारजितमा प्रभाव पार्ने गरी आर्थिक प्रलोभन देखाउने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका दुवै जनालाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर भद्रकाली पठाइएको प्रहरीले जनाएको छ ।

You may also like