एनपीएल: कर्णालीमाथि चितवन ४ विकेटले विजयी

by समतल अनलाइन
37Shares

काठमाडौँ । चितवन राइनोजले कर्णाली याक्सलाई ४ विकेटले पराजित गरेको छ ।

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत मंगलबार सम्पन्न पहिलो खेलमा चितवनले कर्णालीलाई ४ विकेटले पराजित गरेको हो । कर्णालीले दिएको १६४ रनको लक्ष्य पछाएको चितवनले १९.१ ओभरमा ६ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो ।

चितवनका लागि रवि बोपाराले सर्बाधिक ५२ रन बनाए भने दीपक बोहोराले ४२ र सैफ जैबले ३८ रन बनाएका थिए । त्यस्तै कर्णालीका बलर सोमपाल कामीले २ विकेट लिए भने मार्क वाट र युवराज खत्रीले एक एक विकेट लिएका थिए ।

यसअघि टस हारेर पहिला ब्याटिंग गरेको कर्णालीले २० ओभरमा ३ विकेट गुमादै १६६ रन बनाएको थियो ।

कर्णालीका लागि प्रियांक पंचलले सर्बाधिक ९० रन बनाए भने पवन सराफले २७ रन बनाएका थिए । त्यस्तै म्याक ओ डाउडले २० र मार्क वाटले १६ रन बनाएका थिए । त्यस्तै चितवनका बलर सोहेल तनवीर, सैफ जैब र रवि बोपाराले एक एक विकेट लिएका थिए ।

अब एनपीएल अन्तर्गत आज दोस्रो खेल पोखरा एभेन्जर्स र विराटनगर किंग्सबीच हुदैछ ।

You may also like