59
अर्घाखाँचीको भूमिकास्थान नगरपालिका–४ कल्लेरीमा आमाले छोरीको हत्या गरेकी छन् ।
आइतबार बिहान तरकारी काट्ने क्रममा धारिलो हँसियाले टाउकामा हानेर ३१ वर्षीय आमाले ४ वर्षीया छोरीको हत्या गरेको प्रहरी निरीक्षक झलकप्रसाद शर्माले बताए ।
आमाले केही वर्षदेखि मानसिक समस्याको औषधि सेवन गर्दै आएकी थिइन् । घटनापछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको छ ।




