बुटवल। मुसिकोट लुम्बिनी सम्पर्क समाजका अध्यक्ष तथा गुल्मी–कुर्घा रुपन्देही सम्पर्क समाजका अध्यक्ष तेज नारायण अर्यालले आफ्नो जन्मदिनको अवसरमा रक्तदान कार्यक्रम आयोजना गरेर मनाउनु भएको छ।
अध्यक्ष अर्यालले सम्पूर्ण कार्यक्रमको खर्च आफैं व्यवस्थापन गर्नुभएको थियो। कार्यक्रममा प्राध्यापक डा. बुद्ध थापा, विशेष रक्तदाता समाजका अध्यक्ष कृष्ण चौहान क्षेत्री, जवान सिङ ठकुरी, चुडामणी पौडेल लगायतको सहभागिता रहेको थियो।
अध्यक्ष अर्यालले परम्परागत जन्मदिनको केक काट्ने प्रचलनलाई पछि पार्दै आफ्नो जन्मदिनमा रक्तदान गर्नु भएकोले सामाजिक उत्तरदायित्वप्रति उदाहरण प्रस्तुत भएको छ। कार्यक्रममा सहभागी सबैले रक्तदान गरी जीवन बचाउने प्रयासमा योगदान पुर्याएका छन्।
अध्यक्ष अर्यालले भविष्यमा पनि सामाजिक कार्यमा संलग्न रहन र रक्तदान कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो।





