हाम्रो एकताले ओलीको सातो गइसकेको छ : नेपाल

by समतल अनलाइन
53Shares

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका सह-संयोजक माधवकुमार नेपालले आफूहरूबीचको एकताका कारण नेकपा (एमाले)को सातो गएको टिप्पणी गरेका छन्।

बुधबार काठमाडौँमा आयोजित मातृभूमि जागरण अभियान समाहित कार्यक्रमलाई सम्बोधन गर्दै उनले एकताको प्रक्रिया निरन्तर अघि बढिरहेको र यस अभियानले नेपालको राजनीतिमा नयाँ तरङ्ग ल्याएको बताए

नेपालले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई लक्षित गर्दै कम्युनिस्ट आन्दोलनका कतिपय घटकहरूको ‘होस हवास गुमेको’ टिप्पणी गरे। उनले भने,

‘एकताको प्रक्रिया अघि बढिरहेको छ । यो अभियानले नेपालको राजनीतिमा नयाँ तरङ्ग पैदा गरेको छ। कम्युनिस्ट आन्दोलनका कतिपय घटकहरूको सातो गएको हुनुपर्छ, होस हवास गुमेको हुनुपर्छ । तर होस गुमाउनु आवश्यक छैन । गाली–गलौजमा उत्रिनुपर्ने पनि छैन। बरु हामीलाई धन्यवाद दिनुहोस्, मैले बिगारेँ, तपाईँहरूले सपार्दै हुनुहुन्छ भनेर।’

उनले एकता अभियानलाई ऐतिहासिक अवसरका रूपमा व्याख्या गर्दै मातृभूमि जागरण अभियान र नेपाली कम्युनिस्ट पार्टीका नेताहरूप्रति धन्यवाद ज्ञापन गरे। नेपालले कम्युनिस्ट एकता अभियानलाई गौरवका साथ अघि बढाउनुपर्नेमा पनि जोड दिए।

You may also like

This will close in 0 seconds