मतदाता नामावली दर्ता गर्नेको भिड बढेपछि थपियो कर्मचारी, दुई सिफ्टमा काम

by समतल अनलाइन
63Shares

काठमाडौं। निर्वाचन आयोगले मतदाता नामावली दर्तास्थलमा सेवाग्राहीको चाप बढेपछि थप जनशक्ति र सिफ्टको व्यवस्था गरेको छ। आयोगका अनुसार, दैनिक ८०० भन्दा बढी नाम दर्ता भइरहेका जिल्लामा बिहान र दिउँसो गरी ६/६ घण्टाको दुई सिफ्टमा सेवा प्रवाह गर्ने व्यवस्था मिलाइएको छ।

विशेषगरी काठमाडौं उपत्यकाका तीन जिल्ला (काठमाडौं, ललितपुर र भक्तपुर)मा देखिएको चापलाई सम्बोधन गर्न राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागबाट १४ जना थप कर्मचारी खटाइएको आयोगका प्रवक्तासमेत रहेका सहसचिव नारायण प्रसाद भट्टराईले जनाएका छन्।

आयोगले ०८२ फागुन २० गतेसम्म १८ वर्ष उमेर पूरा हुने व्यक्तिहरूले नाम मतदाता नामावलीमा दर्ता गराउन पनि अपिल गरेको छ।आगामी फागुन २१ गते प्रतिनिधिसभाको निर्वाचन हुने तय भएको छ।

You may also like

This will close in 0 seconds