मेयर युवा ईलम कार्यक्रम अन्तर्गत बुटवलमा सीपमूलक तालिम सुरु, १०० युवाको सहभागिता

by समतल अनलाइन
56Shares

बुटवल।बुटवल उपमहानगरपालिकाकाे आयोजनामा आजदेखि ४५ दिने बारिष्ठा तालिम र एडभान्स,ब्युटिसिएन तालिम सुरु भएको छ ।

मेयर युवा ईलम कार्यक्रम अन्तर्गत आयोजित तालिमको साेमबार एक कार्यक्रमकाबीच बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेयले उद्घाटन गरेका हुन् ।

कार्यक्रममा नगर प्रमुख पाण्डेयले शिक्षालाई सीपसँग जाेडेर आत्मनिर्भर बनाउने उदेश्यले बुटवल उपमहानगरपालिकाले विभिन्न किसिमका सीपमूलक तालिम प्रदान गर्दै आएको जानकारी गराउदै तालिमको भरपूर उपयोग गरेर आर्थिक रूपमा सवल बन्न सहभागीलाई आग्रह गरे ।

तालिमका लागि तालिम मात्रै नभएर सीप सिकेर सीप अनुसारको पेसा ब्यवसायमा लाग्न आग्रह गर्दै नगर प्रमुख पाण्डेयले तालिम लिएकाहरूले सीप अनुसारको पेसा ब्यवसाय गरे / नगरेको बारेमा अनुगमन गरिने बताए ।

साे अवसरमा उपप्रमुख सावित्रादेवी अर्यालले सीप बिना काेही पनि आत्मनिर्भर बन्न नसक्ने भन्दै नगरवासीलाई स्वराेजगार बनाउनुका साथै आत्मनिर्भर बनाउने उदेश्यले उपमहानगरपालिकाले विभिन्न किसिमका सीपमूलक तालिम दिदै बताइन् ।

बारिष्ठा र ब्युटिसिएन गरि तालिममा एक सय जना युवा युवतीहरूकाे सहभागीता रहेको बुटवल उपमहानगरपालिकाका राेजगार शाखा प्रमुख अरविन्द पाण्डेले जानकारी दिए ।

You may also like

This will close in 0 seconds