एक्यान रुपन्देहीको नेतृत्वमा अच्युत पाण्डे

by समतल अनलाइन
8Shares

चार्टर्ड एकाउण्टेण्ट्हरुको छाता संस्था नेपाल चार्टर्ड एकाउण्टेण्ट्स संघ (एक्यान) लुम्बिनी प्रदेश प्रमुखमा सि.ए. शंकर अर्याल र रुपन्देहीको जिल्ला सभापतिमा सि.ए. अच्यूत पाण्डे निर्बिरोध निर्बाचित हुनु भएको छ ।

नेपाल चार्टर्ड एकाउण्टेण्ट्स संघको ३६ औं कार्यसमितिको लागि शनिबार भएको निर्बाचनले लुम्बिनी प्रदेश र रुपन्देही जिल्ला कार्यसमिति सर्वसम्मत चयन गरेको हो । केन्द्रीय कार्यसमितिको लागि भने लुम्बिनी प्रदेशमा रुपन्देही र बाँकेमा चुनाव भएको थियो ।

केन्द्रीय अध्यक्षमा सि. ए. अनुप नेपाल निर्बाचित भएका छन र उनले आफ़नो प्रतिदंदी सि. ए. बद्री कुमार गुरागाईलाई ६८ मतले पराजित गर्द बिजयी भएका थिए।

लुम्बिनी प्रदेशका प्रमुख शंकर अर्योल यस क्षेत्रका प्रतिष्ठित सिए हुन र बिगत १० बर्ष देखि बिभिन्न संघ संस्थामा काम गर्द आएका ऊनी हाल अडिट पेशामा छन । ऊहाले हामीलाई सम्पूर्ण सदस्यहरुको हक़ हितका लागि बिभिन्न कार्यक्रम गर्ने र सबैलाई एक जुट बनाएर आफु अघि बड़ने भनि जानकारी दिनुभएको छ। यो कार्यसमितिको कार्यकाल २ बर्षको रहनेछ ।

You may also like

This will close in 0 seconds