एनपिएलको खेल तालिका सार्वजनिक : फ्लडलाइटको उज्यालोमा खेलाइने

by समतल अनलाइन
71Shares

काठमाडौँ । पहिलो पटक नेपाली दर्शकले फ्लडलाइटको उज्यालोमा क्रिकेट हेर्न पाउने भएका छन् । नेपाल क्रिकेट संघ (क्यान) ले आयोजना गर्न लागेको नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करण रातमा पनि हुने भएको हो ।

क्यानले सोमबार सार्वजनिक गरेको खेल तालिकाअनुसार एनपीएल–२ एक सातापछि सुरु हुँदैछ । प्रतियोगितामा हरेक दिन दुई खेल हुनेछन् । पहिलो खेल बिहान ११:४५ बजे र दोस्रो खेल साँझ ४ बजेबाट सुरु हुने गरी तालिका तय गरिएको छ ।

हाल साँझ साढे ५ बजेदेखि अँध्यारो हुने भएकाले दोस्रो खेलका लागि फ्लडलाइट अनिवार्य हुने क्यानले जनाएको छ । त्यस्तै, प्रतियोगिताका दुई क्वालिफायर, इलिमिनेटर र ग्रान्ड फाइनल पनि साँझ ४ बजेबाट सुरु हुने छन् ।

क्यानले सार्वजनिक गरेको तालिकाअनुसार ३२ खेलमध्ये २३ खेल फ्लडलाइटमा हुनेछन्, भने ९ खेल मात्रै दिउँसोका लागि तय गरिएको छ । फ्लडलाइटमा हुने खेल दिउँसो साढे ३ र ४ बजेबाट सुरु हुनेछन् ।

त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा फ्लडलाइट जडानको काम अन्तिम चरणमा पुगेको छ । हालसम्म चारवटा पोलमा फ्लडलाइट जडान भइसकेको र बाँकी पोलहरू पनि ४/५ दिनभित्र जडान पूरा हुने क्यानका प्रवक्ता छुम्बी लामाले जानकारी दिए।

You may also like

This will close in 0 seconds