दानबहादुर कार्की ३३औँ आइजिपी

by समतल अनलाइन
70Shares

काठमाडौँ । नेपाल प्रहरीका नयाँ महानिरीक्षक (आइजिपी)मा दानबहादुर कार्की नियुक्त भएका छन्। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले कार्कीलाई नेपाल प्रहरीको महानिरीक्षकमा नियुक्त गर्ने निर्णय गरेको हो।

कार्की हाल काठमाडौँ उपत्यका प्रहरी कार्यालय, रानीपोखरीमा कार्यरत छन्। २४ भदौमा भएको जेनजी आन्दोलनका क्रममा उनले उपत्यकाको सुरक्षा कमाण्ड सम्हालेका थिए।

प्रहरी नियमावलीमा तोकिएको ३० वर्षे सेवा अवधिका कारण वर्तमान आइजिपी चन्द्रकुवेर खापुङ आगामी २६ कात्तिक राति १२ बजेदेखि अनिवार्य अवकाशमा जाने भएका छन्। सोही कारण सरकारले खापुङको अवकाशअघि नै नयाँ महानिरीक्षकको नियुक्ति गरेको हो।

काठमाडौँदेखि उपत्यकासम्मको जिम्मेवारी सम्हाल्दै आएका कार्की इमानदार र कार्यकुशल प्रहरी अधिकारीका रूपमा परिचित छन्। कुनै ठूलो आर्थिक विवादमा नपरेका उनले फिल्डदेखि आइजिपी सचिवालयसम्मका जिम्मेवारी निर्वाह गरेका छन्।

विदेशमा विभिन्न तालिम प्राप्त गरेका कार्की नेपाल प्रहरीका केन्द्रीय प्रवक्ताका रूपमा समेत कार्य गरिसकेका छन्।

You may also like

This will close in 0 seconds