रोटरी क्लव अफ तिलोत्तमा रुपन्देहीमा औषतभन्दा माथि छ ः डिजि कोईराला

by समतल अनलाइन
23Shares

बुटवल । रोटरी क्लव अफ तिलोत्तमा रुपन्देहीमा डिजि भिजिट भएको छ । रोटरी डिष्ट्रिक ३२९२ का गभर्नर विनोद कोईरालाले सोमबार क्लवमा स्थलगत अवलोकन गरि क्लवका गतिविधि र गरेका कार्यक्रमहरुको बारेमा जानकारी लिनुभएको हो ।

त्यस अवसरमा गभर्नर कोईरालाले यो क्लव एभरेज भन्दा माथी रहेको जानकारी गराउँदै माईरोटरी अपडेट र क्लवका गतिविधिमा सहभागिता बढाउन सुझाव दिनुभयो । उहाँले रोटरी क्लव अफ तिलोत्तमा रुपन्देही सदस्यतासहित यसले गर्ने कार्यक्रमका आधारमा एभरेज भन्दा माथि रहेको जानकारी गराउनु भएको हो । उहाँले यो क्लवले सञ्चालन गरेको विद्यालय पेन्टिङ कार्यक्रम उत्कृष्ट रहेको बताउँदै समाजमा प्रभाव पार्ने अरु पनि कार्यक्रमको खोजी गर्न सुझाव दिनुभयो । उहाँले क्लवले गर्ने कार्यक्रमहरुको लागि स्रोतको खोजी र पहिचानमा जोड दिँदै ग्लोवल ग्राण्डमा लाग्न समेत आग्रह गर्नुभयो ।

कार्यक्रममा क्लवका अध्यक्ष दीपकप्रसाद भट्टराईले क्लवले वर्षभरीका लागि बनाएका योजना र भएका गतिविधिको बारेमा जानकारी गराउनु भएको थियो । त्यस अवसरमा सर्भिस प्रोजेक्ट कमिटि, द रोटरी फाउण्डेशन कमिटीको तर्फबाट रामेश्वर सिंह, मेम्बरशिप कमिटीको तर्फबाट देवीलाल भट्टराई, पब्लिक इमेज कमिटीको तर्फबाट दीपक बास्कोटा र क्लव एड्मिन कमिटीको तर्फबाट लक्ष्मण विकले प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

त्यस अवसरमा क्लवले स्थापना गरेको इन्ट्रयाक्ट क्लव अफ लिटिल फ्लावरलाई औपचारिकता दिईएको छ । डिष्ट्रिक गभर्नर कोईरालाले क्लवका संस्थापक अध्यक्ष सामर्थ क्षेत्रीलाई कलर लगाएर क्लव स्थापना भएको औपचारिक घोषणा गर्नुभएको हो । त्यस्तै क्लवका नयाँ सदस्यहरुलाई प्रमाणपत्र प्रदान गरिएको छ ।

कार्यक्रममा डिष्ट्रिक सेक्रेटरी सुवास सिग्देल, क्लवका निवर्तमान अध्यक्ष देवीराम पाण्डेले लगायतले भनाई राख्नुभएको थियो ।

You may also like