26
काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक स्थगित गरिएको छ ।आइतबार साढे ११ बजे बस्ने तय भएको बैठक पूर्वकेन्द्रीय सदस्य, पूर्वमन्त्री एवं रौतहटका पूर्वजिल्ला सभापति मोहम्मद आफ्ताव आलमको निधनका कारण स्थगित गरिएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
उनको निधनपछि कार्यवाहक सभापति पूर्णबहादुर खड्काको सभापतित्वमा आज बसेको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठकले शोकका कार्यक्रम घोषणा गर्दै बैठक २५ गते दिउँसो ११:३० बजेसम्मलाई सारेको हो।
लामो समयदेखि जारी कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा नियमित महाधिवेशन गर्ने कि विशेष महाधिवेशन गर्ने र त्यो चुनावअघि गर्ने कि चुनावपछि भन्ने विषयमा छलफल चलिरहेको छ।
यसबारे साझा मत बन्न नसक्दा बैठक लम्बिएको हो।




