जेनजी आन्दोलनपछि बन्द चन्द्रागिरि केबलकार पुनः सञ्चालन

by समतल अनलाइन
26Shares

काठमाडौं । चन्द्रागिरि केबलकार तथा रिसोर्ट (चन्द्रागिरि हिल्स) पुनः सञ्चालनमा आएको छ ।

गत भदौ २४ गते भएको तोडफोडका कारण बन्द भएको केबलकार शनिबार बिहानदेखि सञ्चालनमा आएको हो ।

तोडफोडका कारण केबलकार बटम स्टेसनमा पूर्णरुपमा क्षति पुगेको थियो । त्यसलगत्तै चन्द्रागिरि केबलकार तथा रिसोर्टको सेवा अवरुद्ध भएको थियो ।

केबलकार सेवा पुनः सुचारु भएपछि नेपालकै उत्कृष्ट पर्यटकीय तथा धार्मिक गन्तव्य भालेश्वर महादेव मन्दिर दर्शन गर्न भक्तजनहरूलाई सहज हुने जनाइएको छ भने पर्यटकहरूले रिसोर्टको आतिथ्य तथा अन्य सेवाहरू प्राप्त गर्न सक्ने जनाइएको छ ।

‘६ महिना लाग्ने कार्यलाई दुई महिनाभित्र सञ्चालनमा ल्याउन हामी सफल भएका छौँ’ चन्दागिरी हिल्सका कार्यकारी प्रमुख अरुण प्रधानले भने ।

सेवा बन्द हुनुअघि चन्द्रागिरि केबलकारमार्फत दैनिक करिब दुई हजार भक्तजन तथा पर्यटकहरूले सेवा प्राप्त गर्दै आएका थिए ।

You may also like