हङकङ सिक्सेसमा भारतमाथि नेपाल ९२ रनले विजयी

by समतल अनलाइन
52Shares

काठमाडौं । हङकङमा जारी हङकङ सिक्सेस क्रिकेटको बाउल लिगमा नेपालले भारतलाई ९२ रन ले पराजित गरेको छ ।

शनिबार सम्पन्न खेलमा नेपालले दिएको १३८ रनको लक्ष्य पछाएको भारतले ३ ओभरमा ४५ रन बनाएर अल आउट भएको थियो ।

भारतका लागि भरत चिप्ली र प्रियंक पंचलले १२-१२ रन बनाएका थिए भने कप्तान दिनेश कार्तिक र शाहबाज नदीमले ७-७ रन बनाएका थिए । त्यस्तौ रोबिन उथप्पाले ५ र स्टुअर्ट बिन्नी शुन्यमा आउट भएका थिए । त्यसैगरी नेपाली बलर रशिद खानले ३ विकेट लिए भने बसिर अहमदले २ र रुपेश सिंहले एक विकेट लिएका थिए ।

यसअघि पहिला ब्याटिंग गरेको नेपालले ६ ओभरमा कुनै विकेट नगुमाएर १३७ रन बनाएको थियो । नेपालका लागि रशिद खानले ५५ रन बनाएर रिटायर्ड हर्ट भएका थिए भने कप्तान सन्दीप जोराले ४७ र लोकेश बमले ३१ रन बनाएका थिए ।

अब नेपालले बाउल लिगको अर्को खेलमा भोली बिहान युएईसँग खेल्ने छ ।

You may also like