शुक्रबार मात्रै ५ राजनीतिक दल दर्ताका लागि निवेदन

by समतल अनलाइन
51Shares

काठमाडौँ। निर्वाचन आयोगमा शुक्रबार मात्रै पाँच राजनीतिक दलहरूले दर्ताका लागि निवेदन दिएका छन् ।

आयोगका अनुसार योगेन्द्र मण्डल, चन्द्रप्रकाश सुवेदी, सविन सिग्देल, रत्नप्रसाद श्रेष्ठ र रियाज अहमद शेषले आ-आफ्ना दल दर्ताका लागि आवेदन दिएका हुन्।

योगेन्द्र मण्डलले राष्ट्रिय ऊर्जाशील पार्टी नेपाल, चन्द्रप्रकाश सुवेदीले सुन्दर नेपाल निर्माण पार्टी, सविन सिग्देलले राष्ट्र निर्माण पार्टी, रत्नप्रसाद श्रेष्ठले नागरिक सर्वोच्चता पार्टी नेपाल र रियाज अहमद शेषले राष्ट्रिय स्वराज पार्टी दर्ता गर्नका लागि निवेदन दिएका छन् ।

निर्वाचन आयोगका सहसचिव एवम् प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार दल दर्ताका लागि आएका निवेदन हाल अध्ययन प्रक्रियामा रहेको छ ।

You may also like