उच्च अदालत बुटवल इजलासले रवि लामिछाने र छवि राज जोशीको फाइल झिकाउन आदेश

by समतल अनलाइन
84Shares

बुटवल । सहकारी ठगी प्रकरणमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र उनका साझेदार पूर्व डीआईजी छविराज जोशीको मुद्दामा उच्च अदालत तुलसीपुरको बुटवल इजलासले जिल्ला अदालत रुपन्देहीबाट फाइल माग गर्ने आदेश गरेको छ।

न्यायाधीशद्वय वासुदेव आचार्य र ओमप्रकाश अर्यालको संयुक्त इजलासले दुवैजनाको मुद्दाको पूरा मिसिल (फाइल) झिकाउन आदेश दिएको हो।

रविले आफूविरुद्ध हुन सक्ने बिगो बराबरको रकम धितो राखेर थुनामुक्त गराउन माग गर्दै निवेदन दिएका थिए। सोही निवेदनमा सुनुवाइका क्रममा अदालतले मुद्दाको कागजात अपुग भएको भन्दै फाइल मागिएको हो।

यसअघि कात्तिक १३ गते हुने भनिएको सुनुवाइ जोशीका तर्फबाट निवेदन आएपछि स्थगित भएको थियो। त्यस दिन जोशीका पक्षका अधिवक्ता अपूर्व खतिवडाले बहस गर्ने क्रममा इजलासले थप मिसिल मगाउनुपर्ने टिप्पणी गरेका थिए। तर त्यसपछि रविका कानुन व्यवसायीलाई बहस गर्ने मौका नदिई सुनुवाइ रोकिएको थियो।

यसअघि न्यायाधीश मिलनकुमार राई र ओमप्रसाद अर्यालको इजलासले रवि र जोशीको मुद्दा एउटै प्रकृतिको भएकाले दुवै मुद्दा एउटैसाथ राखेर हेर्न आदेश दिएको थियो।

You may also like