केपी ओलीसँग एकीकृत समाजवादी छोडेका नेताहरूको भेट, एमालेमा फर्किने

by समतल अनलाइन
61Shares

काठमाडौँ। नेकपा (एकीकृत समाजवादी) छोडेका रामकुमारी झाँक्री, किसान श्रेष्ठ लगायतका नेताहरूले आज नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन् ।

एमाले पोलिटब्युरो सदस्य महेश बस्नेतका अनुसार उक्त भेटवार्तामा उनीहरूले पार्टीमा पुनः प्रवेशबारे छलफल गरेका हुन् । बस्नेतले कात्तिक २४ गते दिउँसो १ बजे राष्ट्रिय सभा गृहमा ‘घर फर्किने अभियान’ विशेष कार्यक्रम आयोजना हुने जानकारी दिएका छन् ।

नेता किसान श्रेष्ठले यसअघि नै आफूहरू बिना सर्त एमालेमा फर्कन तयार रहेको बताइसकेका छन् । बुधबार बिहान झाँक्री र श्रेष्ठले संयुक्त पत्रकार सम्मेलन गर्दै नयाँ नेपाली कम्युनिस्ट पार्टी (नेकपा) मा नजाने र त्यसमा समाहित नहुने घोषणा गरेका थिए।

You may also like