आदिवासी जनजाति महासंघ पोर्चुगलको अध्यक्षमा पुनः रानामगर

by समतल अनलाइन
36Shares

लिस्बन। नेपाल आदिवासी जनजाति महासंघ पोर्चुगलको अध्यक्षमा पुनः चोपकुमार रानामगर चयन हुनुभएको छ ।

आईतवार राजधानी लिस्बनमा सम्पन्न भएको महासंघको सातौं अधिवेशनले रानामगरलाई सर्वसम्मत अध्यक्षमा चयन गरेको हो । अधिवेशनले आगामी दुई वर्षे कार्यकालका लागि रानामगरको नेतृत्वमा १७ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको महासंघले जनाएको छ ।

जसको वरिष्ठ उपाध्यक्षमा टेकबहादुर थापा, उपाध्यक्षमा कुङगा शेर्पा, दिलकुमारी तामाङ र निरज गुरुङ चयन हुनुभएको छ । अधिवेशनले महासचिवमा प्रेमचन्द्र निंलेखु र उपमहासचिवमा जुनबहादुर तामाङलाई चयन गरेको छ।

त्यसैगरी महासंघको कोषाध्यक्षमा याङडी शेर्पा र सहकोषाध्यक्षमा कुसुम गुरुङ चयन हुनुभएको छ । सदस्यहरुमा दिपेन्द्र श्रेष्ठ, श्याम गुरुङ, ज्ञानु केदेम, डोल्मा घिसिङ, छिरिङ शेर्पा, युकबहादुर रनामगर, सुरेस गुरुङ र तेन्जि शेर्पा सर्वसम्मत चयन भएको महासंघले जनाएको छ ।

You may also like